Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

भूपेन्द्र पटेल बने गुजरातको मुख्यमन्त्री

भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीको शपथ लिएका छन् । गुजरात बीजेपीका नयाँ विधायकहरूले हिजो भूपेन्द्र पटेललाई नेता चयन गरेका थिए। उनी दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् । गुजरातको राजधानी गान्धीनगरमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

गुजरात विधानसभामा भाजपाले लगातार सातौं पटक सरकार बनाएको छ। विधानसभा चुनावमा बीजेपीले १८२ सिट मध्ये १५६ सिट प्राप्त गरेको छ। पटेलसँगै उनका मन्त्रिपरिषदका सदस्यहरूले पनि शपथ लिएका छन् । भूपेन्द्र पटेल बाहेक १६ मन्त्रीले शपथ लिएका छन् । तीमध्ये आठ जना क्याबिनेट स्तरका मन्त्री हुन् ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com