Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

फागुन,३० काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा हिजो साँझ दुई सवारी साधन आपसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका धनकुटा, साँगुरीगढी–६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com