Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौं पटक जिब्रो छेडे

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् ।
बिहीबार जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले जिब्रो छेडाएका हुन् ।

जिब्रो छेड्नुअघि श्रेष्ठ तीनअघिदेखि केही नखाई व्रत बसेका थिए । व्रत बसेपछि जिब्रो नछेडेसम्म सुत्न पनि नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नुनसमेत नखाने चलन छ ।

एक महिनाअघिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरोले जिब्रो छेड्ने गरिन्छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com