Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जब कोलम्बियाको राजधानीका सडकमा फिँजको बादल लाग्यो

दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी बोगोटाका बासिन्दाले अहिले एउटा अनौठो समस्या सामना गरिरहेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार बालसिलास नदीमा उत्पन्न भएको फिँज उडेर सहरका सडक र घरमा आइपुगेको छ।
पानी प्रदुषणका कारण बनेको फिँजको गन्ध निकै कडा छ। स्वास्थ्यलाई खतरापूर्ण भएकाले मानिसहरू फिँज नछोइकन हटाउन प्रयास गरिरहेका छन्।

नदीबाट यति धेरै फिँज उडेर आएको छ कि एउटा सडक नै ब्लक भएको छ।
बालसिलास नदीमा त्यहाँका बासिन्दाले फोहोरसँगै रसायन र डिटरजेन्टहरू फालेको र अहिले पानी परेपछि धेरै नै फिँज बनेको वातावरण अधिकारीहरूले बताएका छन्।
बोगोटाका मेयर जियान गेरोमेताले नदीमा उम्रिएका बिरूवाका कारण पानी बग्न बन्द भएकाले पनि अहिलेको समस्या देखिएको बताएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com