Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता दोब्बर

जेठ, २ काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । ९ हजार ९८० मत गणना हुँदा महर्जनले ३ हजार ६०२ मतको अग्रता लिएका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २ हजार १२७ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी आस्था शाक्यले २ हजार ५५२ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ८४८ मत पाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com