Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

लामखुट्टे धपाउन बालिएको धूपले आगलागी लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट

काठमाडौं २८ चैत । रौतहटको कटहरिया नगरपालिका २ हंथियाही गाउँ स्थित २ घर गोठमा भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएर आज बिहान ३ बजे स्थानीय सुनिल कुमार झाको गोठमा आगलागी भएको थियो । आगलागीबाट गोठ तथा गोठभित्र राखिएको काठ र फर्निचर जलेर २ लाख बराबरको क्षति भएको पीडित झाले बताएका छन् ।

नरेन्द्र झाको गोठमा आंशिक रूपमा भए पनि ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जानकारी दिए । बिहानीपख गाउँलेहरू गोठ तथा खेत तर्फ तत्काल पुगेकाले ठुलो क्षति हुन बाट जोगिएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com