Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

हिजो बिहानैदेखि शुरु भएको हिमपातका कारण चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ ।

हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइनमार्फत सञ्चालन गरिएको हो । जिनानको शिक्षा विभागले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने जनाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिँदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय भइरहेको पनि विभागले जनाएको छ । हिमपातका कारण जिनानको जनजीवन प्रभावित भएको छ । यसैबीच, चीनको राजधानी बेइजिङमा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

हिजो बिहानदेखि यातायात अवरुद्ध भएको छ । सडकहरुमा बाक्लो हिउँ जमेको छ । प्रतिकूल मौसमका कारण केही हवाई उडान स्थगित भएको रोयटर्सले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com