Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

विजयी जुलुस मनाउन गएका सदाय ट्याक्टरबाट लडेर मृत्यु

जेठ,९ काठमाडौं विजयी जुलुसमा हिँडेको ट्याक्टरबाट लडेर सिरहामा एक युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका ६ का नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सञ्जीव लामाको विजयी जुलुसमा प्र.२–००१–०१ त ०२७५ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय विनोद सदायको छोरा ७ वर्षीय रिझनको मृत्यु भएको हो ।

ट्याक्टर धनी समेत रहेका रामकिसुन साह आफैले अत्यधिक गतिमा ट्याक्टर चलाएका कारण दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताए। उनीहरूका अनुसार ट्याक्टरको अघिल्लो भागमा रहेर नारा लगाइरहेका बेला अत्यधिक गति र वाङ्गोटिङ्गो पारेर ट्याक्टर चलाउँदा सदाय खस्न पुगेका थिए । लगत्तै सदायको छातीमा ट्याक्टरले किचेको उनीहरुको भनाइ छ ।

चालक साहले जीतको खुसियालीमा अत्यधिक मदिरा सेवन गरेको पीडित पक्षको आरोप छ । लाइफ लङ हेल्थ केयर प्रालिका चिकित्सक अजयकुमार जयसवालले सदायलाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com