Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

नेपाली अर्थतन्त्रमा ४०देखि ५० वर्ष उस्तै समस्या डा. भट्टराई

११ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली अर्थतन्त्रमा ४०र५० वर्षदेखि उस्तै समस्या रहेको बताएका हुन । जनता समाजवादी पार्टी जसपा का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा तथ्यांकहरुले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताएका हुन् ।

नेपालको अर्थतन्त्र धेरै पहिलेदेखि उस्तै रहेको तर नेपाल भन्दा कमजोर रहेका देशहरु धेरै माथि गइरहेको बताए । भुटान र बंगलादेशको उदाहरण दिँदै उनले भने, ‘कोरिया जस्ता अरु देशको कुरा छौडौं, नजिकैका साना देशहरुले नेपाललाई उछिनेर अघि बढिसके ।

जनता समाजवादी पार्टी जसपा का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा तथ्यांकहरुले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताएका छन् ।

‘धेरै पहिलेदेखि हामीले तथ्यांक हेरिरहेका छौं, तथ्यांकले समस्या देखाउँछ तर समाधान देखाउँदैन आजदेखि काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै डा.भट्टराईले भने ‘तथ्यांकले ह्वाट भन्ने हो, हाउ र ह्वाई भन्ने कुरा देखाउँदैन, तथ्यांक हेरेर समस्या छ भनेरमात्रै बस्नु भएन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com