Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप चार जना घाइते

कार्तिक,२५काठमाडौं । दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा चार जना घाइते भएका छन् ।
दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा हिजो झडप भएको हो ।
गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

झडपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका प्रहरीले बताएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com