Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बुटवलबाट प्रहरीले १७ जना बन्दकर्तालाई पक्राउ

बुटवलबाट प्रहरीले १७ जना बन्दकर्तालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो

प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ६ दलले एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । जबर्जस्ती बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com