Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सिन्धुलीमा सुतेकै ठाउँमा सर्पले टोकेर दाजुभाइको मृत्यु

जेठ,१६ काठमाडौं । सिन्धुलीमा सर्पको डसाईबाट २ जना बालकको मृत्यु भएको छ। दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पको डसाईबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ ग्रीष्म पहाडी छन्। हिजो राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडीसँग एक तले पक्की घरमा सुतिरहेका थिए। आज बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेका थिए।

ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुरमा लगिएको थियो। उपचारको क्रममा चिकित्सकले आज बिहान ८ बजे दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com