Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सिँचाइकाे विद्युत् महसुल नगरपालिकाले तिर्ने

सिरहा – सिरहाको धनगढीमाई नगरपालिकाले किसानको सिँचाइ मिटरको बिल तिर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप बिल भुक्तानी गर्न लागेको जनाएको छ । 

किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइको विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतोले जानकारी दिनुभयो । नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका किसान खुसी भएका छन् । 

धनगढी–१ का किसान बेचनीकुमारी यादव उत्पादनको मूल्य नपाएको तथा मल र बिउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताउनुभयो । ‘सिँचाइ गर्न डिजेल पम्प चलाउँदा मर्कामा परेका थियौँ, निःशुल्क विद्युत् उपलब्ध गराउँदा राहत पाइने भयो’, उहाँले भन्नुभयो ।  

धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ पालिकाले सञ्चालन गरेको योजनामध्ये नमुना भएको स्थानीय श्याम यादवले बताउनुभयो । यसबाट किसान खेतीतर्फ आकर्षित हुने उहाँको भनाइ  छ । 

असार मसान्तसम्मको महसुल किसान आफैँले र साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउनेछ ।’

कृषि मिटरको महसुल भुक्तानीका लागि आउँदो वैशाख ४ गतेभित्र निवेदन, नगरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिसपत्र कृषि विकास शाखामा पेस गर्नुपर्ने छ ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com