आज सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार

काठमाडौं २७ चैत । अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँले बढेको हो।
यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
Facebook Comment