Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तोकिएको मितिमै निर्वाचन हुने

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताएका छन्।
निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रष्ट पारे।

उनले सङ्घीयता र लोकतन्त्र मजबुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने विचार राखे। प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनका समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पत अभिव्यक्ति निष्तेज गर्न आवश्यक अनुगमनको संयन्त्र निर्माण गरी नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै यस्ता कार्यबाट मुलुकमा इमानदारी र निष्ठाको राजनीति पराजित हुने धारणा राखे। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com