Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अमेरिकाको टेक्सस राज्यमा आप्रवासनबारेको विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश

संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ’एसबीफोर’ नामक आप्रवासनसम्बन्धी कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो ।

त्यसको केही घण्टापछि पुनरावेदन अदालतको निर्णय आएको बीबीसीले जनाएको छ । यो कानुनलाई अहिलेसम्म अमेरिकी राज्यले बनाएको सबैभन्दा कठोर कानुन मानिन्छ । यस कानुनले टेक्सासका अधिकारीहरूलाई  गैरकानुनी रूपमा देशमा प्रवेश गरेका जो कोहीलाई पक्राउ गर्न र मुद्दा चलाउन अनुमति दिनेछ ।

यसैबीच, टेक्ससका अधिकारीले देशनिकाला गरेका आप्रवासीलाई आफूले स्वीकार नगर्ने मेक्सिकोले जनाएको छ । जो बाइडन राष्ट्रपति बनेपछि अमेरिकाको दक्षिणी सीमामा आप्रवासीहरूको आगमन उच्च सङ्ख्याले बढेको खबरमा उल्लेख छ ।

आउँदो नोभेम्बर महिनाको राष्ट्रपतिय चुनावअघि आप्रवासन एउटा गम्भीर मुद्दा बनेको छ । आप्रवासन सम्बन्धी कानुन कहिले र कसरी लागू हुने वा नहुनेबारे कुनै टुङ्गो लागेको छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com