Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

एकथरीले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हाल्छन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । अखिल नेपाल किसान महाससंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अस्थिरताको कारक प्रचण्ड भएको भन्दै आरोपित गर्ने गरेको पनि बताए ।

‘एकथरी मान्छेहरु बसेर रातदिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, प्रचण्डको भनाइ छ, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार गरेका छन् । यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन । यो नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइराखेको छ ।’

जसले परिवर्तनको नेतृत्व गर्ने अवसर पायो उसैमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्ति जनाए । ‘चाहे युद्धकालमा होस्, चाहे शान्ति कालमा होस्, संविधान निर्माण र संविधान कार्यन्वयनको बेला होस्, जसले नेतृत्वदायी भूमिका खेल्यो त्यसैमाथि किन प्रहार भएको छ र?’ प्रचण्डले भने,‘हामीमाथि हुँदै नभएको झूटा आरोपहरू किन लगाएका छन रुकाल्पनिक कपोकल्पित आरोप किन लगाइन्छ ?’

आफू केही समय अघि भारत भ्रमणमा जाँदा समेत त्यस्तै झूटा र कपोकल्पित प्रचार गरिएको प्रचण्डले बताए । ‘म केही समय अघि भारत गएको थिएँ । त्यहाँ हुँदै नभएको भेट्दै नभेटेको मान्छे भेट्यो भन्दै भन्दै प्रचार गरियो । यति बुँदे सहमति भारतमा प्रचण्डले ग¥यो भन्ने जस्ता नितान्त झूटा प्रचार गरियो । यस्तै प्रचार लगातार गर्न थालिएको छ ’ प्रचण्डले भने ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com