Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

श्रीमान् ले गरे श्रीमतीको हत्या, छोरी घाइते

असोज,६काठमाडौं । कैलालीमा एक महिलाको हत्या भएको छ ।
गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी बताएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले ललिताको आज बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए ।

ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको डीएसपी पाण्डेले बताए ।
रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर हिजो मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com