Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टर्की र सिरिया भूकम्पमा दातालाई ठग्न सामाजिक सञ्जालको प्रयोग

टर्की र सिरियामा गएको भूकम्पपछि दाताहरुलाई ठग्न टिकटकसहित सामाजिक सञ्जालको दुरुप्रयोग भएको पाइएको छ ।
भूकम्प पीडितका नाममा ठगीका घटना बढेका छन् । ठगी गर्नेहरूले भूकम्पलाई बहाना बनाइ मिथ्या कारण देखाएर आर्थिक सहयोगको आह्वान गरिरहेको सुरक्षा विज्ञहरूले बताएका छन् । अभाव र समस्यामा रहेकाहरूलाई सहयोग गर्नुको साटो त्यसरी सङ्कलित रकम वास्तविक परोपकारी संस्थाहरूमा नभइ ठगी गर्नेहरूको खाता र क्रिप्टोकरेन्सी वालेटहरूमा गइरहेका छन् । केहीले टिकटक खातामार्फत् विनासका तस्बिरहरू, अतिरञ्जित दृश्य र उद्धारको प्रयासहरू देखाउने टीभीका भिडिओहरू सार्वजनिक गर्दै चन्दा मागिरहेको पाइन्छ।

ट्विटरमै ठगी गर्नेहरुले राहत सङ्कलन गर्न खाता बनाएर लिङ्क पोस्ट गरेका भेटिएको छ । वास्तविक सङ्गठन वा समाचार संस्थाजस्तै देखिने लिङ्कबाट ठगी भइरहेको सोनाटाइपका साइबर सुरक्षा विज्ञ एक्स शर्मालाई उद्धृत गरी बीबीसीले जनाएको छ।

आफ्नो देशमा सञ्चालित सहयोग अभियानबारे खोजी गर्न, कुनै शङ्कास्पद विषयमा राज्यका निकाय वा सामाजिक सञ्जालमा रिपोर्ट गर्न, भावुक बनाउने भाषा, तस्बिर र भिडिओहरूतर्फ सचेत हुन विज्ञको सुझाव छ। टर्कीमा अघिल्लो हप्ता सोमवार बिहान सात दशमलव आठ रेक्टर र दिउँसो सात दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म टर्की र सिरियाका ४१ हजारभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com