Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

जनतामा एमालेको ठूलो प्रभाव छ : ज्ञवाली

बाँके – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनुभएको छ ।
नेकपा एमाले बाँकेले आज मङ्गलवार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आउँदो मङ्सिर ४ गते हुने चुनावमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो ।

पालिका चुनावमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरूले एमाले विजयी हुने बलियो आधार छ ।’ एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरूको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com