Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

चीनमा भूकम्पमा परी ६५ जनाको मृत्यु

२१ भदौ, काठमाडौं । चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो । १२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ ।

सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ । भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको थियो ।

भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण वस्तीहरुमा सन्चार सम्पर्क विच्छेद भएको थियो । पहाडी क्षेत्रमा पहिरो गएर सडक पनि अवरुद्ध भएको थियो ।

सिचुवान प्रान्त सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५ सय बढी उद्धारकर्मीहरुलाई परिचालन गरिएको जनाएको छ । प्रभावितहरुलाई अस्थायी सेल्टरमा राखिएको छ ।

सीजीटीएनको सहयोगमा

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com