Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम

नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ।
निगमले वैशाख महिनाको तुलनामा जेठमा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको हो।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चैतमा ६३ हजार किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा करिब चार हजार किलोलिटर बढेर ६७ हजार किलोलिटर पुगेको जानकारी दिए। उनका अनुसार जेठमा खपत ५९ हजार किलोलिटरमा झरेको छ।

सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर यसको चौतर्फी विरोधपछि सरकारले असार १ देखि विदा कटौती गरेको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com