Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

होन्डुरसको महिला कारागारमा दंगा, कम्तीमा ४१ जनाको मृत्यु

होन्डुरसको महिला कारागारमा दंगा भड्किँदा ४१ जनाको मृत्यु भएको छ।

मंगलबार कारागारभित्र रहेको दुई ग्याङबीच झडप भएको बिबिसीले जनाएको छ। जसमध्ये एउटा पक्षले कारागारमा आजगनी समेत गरेको थियो। 

कारागारमा आगलागी भएपछि कतिपयको मृत्यु भएको हो। कतिपयको भने गोली लागेर समेत मृत्यु भएको छ। 

उपसुरक्षामन्त्री जुलिसा विलानुभाले आपतकालिन घोषणा गरी दंगालाई नियन्त्रणमा लिने वाचा समेत गरेकी छन्। उनले कारागारभित्र अग्निनियन्त्रक, प्रहरी र सेनालाई पनि खटाएकी छन्। 

‘मानवीय क्षति सह्य छैन,’ उनले भनेकी छन्। यस घटनामा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने पनि उनले चेतावनी दिएकी छन्। 

राजधानी तेगुसिगाल्पाबाट २० किलोमिटर टाढा रहेको कारागारमा ज्यान गुमाउने सबै कैदी मात्रै हुन् भन्ने यकिन भइसकेको छैन। उक्त कारागारमा ९ सय जना कैदी छन्। 

कतिपय कैदीलाई अस्पताल समेत लगिएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com