Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

थप २६० जनामा कोरोना संक्रमण पुष्टि

असार, ३० काठमाडौं । नेपालमा आज २६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २६० जनामा कोरोना देखिएको हो।

उनीहरूमध्ये २१४ जनाले पिसिआर परीक्षण गरेका थिए भने ४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पछिल्लो समय नेपालमा दिनदिनै कोरोनाका संक्रमित थपिने क्रम बढ्दो छ। संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। बिहीबार देशभर ११७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

बुधबार २०६ जनामा कोरोना पुष्टि भएको थियो।
नेपालमा अहिलेसम्म ११ लाख २१ हजार जनामा कोरोना संक्रमण भएको छ भने ११ हजार ९५२ संक्रमितले ज्यान गुमाएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com