Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

चोरीको ६२ लाखको गहनासहित एक जना पक्राउ

२० वैशाख, काठमाडौं । बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अबैध सुनसहित एक जना पक्राउ परेका छन् ।
खजुरा गाउँपालिका वडा नं.२ एल गाउँस्थित सुवेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी राधापुरबाट प्रहरी नायव निरीक्षक रविन्द्र बमको कमाण्डमा गएको खटिएको प्रहरी टोलीले शंका लागेर सिंहलाई जाँच गर्ने क्रममा सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनको साथबाट हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना फेला परेको प्रहरीले जनाएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com