Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

एकै दिन काठमाडौँमा दुई ठाउँमा चोरी

माघ, १८ काठमाडौँ । काठमाडौँमा हिजो एकै दिन दुईवटा घरबाट गहना र नगद चोरी भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठा चोरी भएको छ ।

कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रुपैयाँ गरी करिब ४ लाख ४ सय रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीले बताएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने सोही महानरपालिका-२१ मरु गणेश घर भएका ३० वर्षीय सुजन जोशीको कोठाबाट ताल्चा फोडेर सुनका विभिन्न गहना र नगद ३२ हजार रुपैयाँ गरी करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल हिजो साँझ चोरी भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com