कपिलवस्तुका मेयर शाहले सरकारी गाडी फिर्ता गरे

काठमाडौं २४ चैत । कपिलवस्तु कृष्णनगरका मेयर रजत प्रताप शाहले निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्। उनले लु१ झ ३९८ नम्बरको सतो प्लेटको स्कारपियो नगरपालिकालाई फिर्ता गरेका हुन्।
स्थानीय तहको निर्वाचन घोषणा भई सेकेको अवस्थामा आफूले सरकारी सेवाका दुरुपयोग हुन नदिन प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकाललाई गाडी बुझाएको मेयर शाहले बताएका छन।
यस्तै उनले २०७८ चैत र २०७९ वैशाख महिनाको तलब भत्ता लगायतका सुबिधा समेत नलिने संचारकर्मीसंग घोषणा गरेका छन्। ‘अब मैले तलब भत्ता लगायतका कुनै पनि सरकारी सेवासुबिधा लिन्न ’ उनले भने। स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार उनले चार हजरा बढी मत अन्नतरले मेयर निर्वाचित भएका थिए। केही महिना पहिले मात्र उनी कांग्रेसमा प्रवेश गरेका थिए। मेयरमा फेरी लड्न चाहेका उनले पार्टी टिकट दिए मेयरमा उम्मेदवार बन्ने बताए।