Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माघ,१५ काठमाडौं । तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो बेलुका ८:५० बजे आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

तनहुँका डिएसपी मोहन बहादुर खाणका अनुसार मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानालाई उपचारका लागि आबुखैरेनी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको राति १० बजे उनको मृत्यु भएको डिएसपी खाणले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com