Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

२०२२ को फेब्रुअरी मा करिब २० हजार पर्यटक नेपाल भ्रमण

१९ फागुन, काठमाडौं । सन् २०२२ को दोस्रो महिना फेब्रुअरीमा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको यही महिनामा ९ हजार १४६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ को पहिलो महिनामा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।नेपाल पर्यटन बोर्डका अनुसार दुई महिनामा कुल ३७ हजार ७४१ जना पर्यटक नेपाल आएका छन् । कोरोना भाइरस कोभिड को प्रभाव कम हुँदै जाँदा पर्यटकको आगमन धेरै भएको हो ।

तथ्यांक अनुसार नेपाल आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै छ । एक महिनामा भारतबाट ५ हजार ९९८ जना नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ३ हजार ६१४ जना नेपाल आएको देखिएको छ । तेस्रो स्थानमा बेलायत रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com