Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नेपाली काँग्रेसका १० जना नेता कार्यकर्तालाई कारवाही

नेपाली काँग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ । ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको काँग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए ।

निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको हो । स्थानीय तहको निर्वाचनमा अनुशासन उलङ्घन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि गरेको आधारमा कारबाही गरिएको प्रवक्ता बान्तवाले बताए ।

यादवचन्द्र खड्का,धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मर कुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राई, मकालु गाउँपालिकाका बालकुमार राई, दीपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको जनाइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com