Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सर्लाहीमा मुर्ति तोडफोड गरेको आरोपमा एक जना प्रकाउ

चैत्र,१ काठमाडौं । सर्लाहीको मलंगवामा मन्दिरभित्र पसेर मुर्ति तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले बताएको छ ।

मलंगवा ८ स्थि रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा भेट्टाएको प्रमाणका आधारमा बैठालाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी श्याम कुमार महतोले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com