Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

छक्कापञ्जा ४’को असार १ देखि छायांकन सुरु हुने

काठमाडौं २२ वैशाख । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्कापञ्जा’को चौथो सिरिज आगामी असार १ गतेबाट छायांकनमा जाने भएको छ ।
सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म ‘छक्कापञ्जा ४’को स्क्रिप्ट लेखनको काम पनि केही दिनमा सकिने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

फिल्मको रिलिज मिति भने आगामी दशैंका लागि तय गरिसकिएको छ । फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन् । ‘छक्कापञ्जा ४’को टिजर भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

नेपाली बक्स अफिसमा दक्षिण भारतीय, बलिउड र हलिउडका फिल्मले दबदबा मच्चाइरहेको बेला ‘छक्कापञ्जा ४’को रिलिजपछि नेपाली फिल्मलाई चलायमान बनाउने आफूहरुको विश्वास रहेको निर्माता गिरीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com