Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान भएका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि औपचारिक रुपमा पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास गरेको आरोप लागेको थियो । यस्तै, ट्रम्पको मग शट (अनुहारको तस्बिर) लिइएको छ । अमेरिकी कानुनका अनुसार प्रहरीले आरोपितको फोटो खिच्नुलाई मग शट भनिन्छ ।

ट्रम्पको औँठाछाप लिइ अनुहारको तस्बिर लिइएको खबरमा उल्लेख छ । अमेरिकामा यस्तो मग शट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति भएका छन् । ट्रम्प जेल चलान भएपछि जेल बाहिर उनका समर्थकहरुको भिड लागेको छ । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । ट्रम्पले सन् २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com