Yeti Khabar

२०८१ आश्विन १९, शनिबार - Sat Oct, 2024 -

भूकम्पमा परेकाहरूको उद्धार कार्य करिब सकियो, मृत्यु हुनेको संख्या १३८: प्रहरी

twitter sharing button
sharethis sharing button

जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परेकाहरूको उद्धारकार्य करिब सकिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार  भूकम्पमा परेका मानिसहरूको उद्धारकार्य अपराह्नसम्म करिब सकिएको हो।

‘अब केही घरहरू मात्रै बाँकी छन्, उद्धारकार्य करिब सकिएको छ’ उनले भने।एसएसपी भट्टराईका अनुसार मृत्यु हुनेको संख्या दुबै जिल्लामा गरी १३८ पुगेको छ।

जाजरकोटमा मात्रै १०० जनाको मृत्यु भएको र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको उनले बताएका छन्। रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले दुईचार घरमा उद्धार कार्य बाँकी रहेकाले मृतकको संख्या केही बढ्न सक्ने बताएका छन्।

अहिलेसम्म मृत्यु भएका ३८ जनाको सनाखत भइसकेको पनि उनले बताए।

दुबै जिल्लामा गम्भीर र सामान्य गरी कम्तिमा डेढ सय जना घाइते भएका छन्। तीमध्ये ३० देखि ३५ जना गम्भीर घाइते छन्। गम्भीर घाइतेमध्ये २७ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। अन्यको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केही घाइतेहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेको एसएसपी भट्टराईले जानकारी दिए। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com