Yeti Khabar

२०८१ कार्तिक १९, सोमबार - Mon Nov, 2024 -

बर्गर तथा पिज्जामा ‘लेबल’ नलगाई बेच्ने, सरसफाइमा ध्यान नदिने डेरीलाई ५० हजार जरीमाना

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर–१५ हात्तीवनमा रहेको नेपाल डेरी प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ ।

नेपाल डेरी प्रालिले बर्गर तथा पिज्जामा ‘लेबल’ नलगाई बिक्री/वितरण गरेको र सरसफाइमा पनि ध्यान नदिएको पाइएकाले ५० हजार रुपैयाँ कारबाही स्वरूप जरीमाना गरेको विभागले जनाएको छ । विभागले अनुगमन गर्दा कैफियत पाइएकाले कारबाही गरेको जनाएको छ ।

यसैगरी काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ मा रहेको कालु स्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न स्टोरलाई निर्देशन दिँदै विभागले अटेर गरेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com