Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पिएसजीको सानदार जित

फ्रेन्च लिग वानमा अपराजित टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ। घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो ।
पिएसजीको जितमा केलियन एमबाप्पे, कार्लोस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे।

पहिलो हाफमा एक गोल गरेको पिएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो।
पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको ११ औं मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले सुरुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप ४ गोल गर्‍यो।

खेलको ५१औं मिनेटमा नुनो मेन्डिसको पासमा कार्लोस सोलेरेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। ५७ औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए।

८१ औं मिनेटमा रेनाटो सान्चेजले गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अघि बढाए। ८४औं मिनेटमा ह्युगोले गोल गर्दै पिएसजीलाई ५–० को फराकिलो जित दिलाए ।

यस जितसँगै लिग वानमा अपराजित रहेको पिएसजीको १५ खेलबाट ४१ अंक पुगेको छ। पिएसजीले १३ जित र २ बराबरीको नतिजा निकालेको हो। पराजित अक्जिर १३ अंक जोडेर १७औं स्थानमा छ।
विश्वकप अघि यो नै लिग वानको अन्तिम चरण हो। अब विश्वकप पछि मात्रै लिग वानसँगै अन्य लिगहरु हुनेछन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com