Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन

काठमाडौँ २६ चैत । यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा पत्रकार र युवा विद्यार्थीहरूले धर्ना दिएका हुन् ।

पत्रकार पाण्डेलाई जेल हाल्नका लागि राजदूत ढकालले नै युएईको प्रशासनलाई लेखेको पत्र महासंघले प्राप्त गरेको भन्दै अध्यक्ष पोखरेलले अख्तियारको दुरुपयोग र आफ्नै नागरिकलाई विदेशको जेल हाल्न षड्यन्त्र गर्ने राजदूतलाई पदमा बस्ने कानुनी आधार र नैतिकता नभएको बताए ।

फेसबुकमै लेखेको आधारमा पत्रकारलाई जेल पठाइनु संविधानमा भएका मौलिक हककै उल्लंघन भएको भन्दै पत्रकारहरूले विरोध गर्दै आएका छन् ।
यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै पाण्डे जेलमा छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com