Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

इराकमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश

उच्च सुरक्षा क्षेत्र तोडेर इराकको राजधानी बगदादमा प्रदर्शनकारीहरू संसद् भवन भित्र प्रवेश गरेका छन्।
स्थानीय समाचार एजेन्सी शफाकका अनुसार प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा धर्मगुरू मुक्तदा अल-सदरका समर्थकहरूले भ्रष्टाचार र कुशासनको विरोध गर्दै त्यहाँको संसद भवनभित्र प्रवेश गरेका हुन्।

सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए। यो क्षेत्रमा विभिन्न देशका दूतावाससहित इराकका सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर बाक्लो सुरक्षा घेरा तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ।

भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै केही टेबलहरूमा सुतेका थिए। केही पौडी पोखरीमा पौडी खेलिरहेका थिए। प्रदर्शनकारीले प्रदर्शनका क्रममा शिया नेता अल-सद्रको तस्बिर हातमा बोकेका थिए।
प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।

नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो।
त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरू सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो। तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन।
यसैबीच इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न आग्रह गरेका छन्। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com