Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन

जेठ, १८ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।

‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं । हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं ।

‘सोभियत रुसमा क्रान्तिपछि व्यक्तिको नाममा कसैको सम्पति थिएन । नोकरशाहहरूले अर्कैको नाममा सम्पति राखे । त्यसैले व्यक्तिको नाममा दर्ता नहुनु मात्रै सम्पतिको मालिक नहुने भन्ने हुँदैन’ श्रेष्ठले भने, ‘त्यसैले जनप्रतिनिधि र उनका आफन्त कसैको नाममा सम्पति हुनुभएन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com