Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

पोखरा करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन बिहिबारदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।

एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबीचमा नियुक्त भएका मन्त्री र सरकारको महत्वपूर्ण कामबारे संसदमा जानकारी गराउने छन् ।बिहिबार हुने बैठकमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ५ दलका नेताले आफ्नो भनाइ राख्ने छन् । यसबीचमा सरकारले गरेका काम र निर्णयबारे यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा कडा रुपमा प्रतिवाद गर्ने जनाएको हो ।

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा कांग्रेस नेतृत्व सरकार हिँडेको, बाटो, प्राथमिकताबारे खबरदारी गर्ने छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com