Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

फतुवा बिजयपुरमा मतगणनास्थल तनावग्रस्त,

जेठ, ९ काठमाडौं । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदान भएको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि मतगणना अवरुद्ध भएको छ । फतुवा विजयपुर ३ मेवा अन्तर्गत आधारभूत विद्यालयको मतपेटिकामा ४७ थान मतपत्र बढी भेटिएपछि आइतबार रातिबाट मतगणना अवरुद्ध भएको हो ।

मतदानपछि मुचुल्कासहित सिल गरेको मतपेटिकामा‌ १५७६ मतपत्र हुनुपर्नेमा गन्दा ४७ मत बढि भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उमेदवारहरूले मतगणना अवरुद्ध गरेका हुन् । मतगणना अवरुद्ध हुँदा तनावको अवस्था देखिएको छ ।

एमाले मेयरका उम्मेदवार बिजय यादव र समाजवादीका उमेदवार अरविन्द यादवले पुन निर्वाचन गर्नुपर्ने बताए । माओवादी केन्द्रका मेयर उम्मेदवार पदम कुमारी तिमल्सिनाले नेपाली काँग्रेसका मेयर उम्मेदवार गोपाल यादवको प्रभावमा परेर मतदान अधिकृत नारायण वाग्लेले उम्मेदवारहरुको बिना सहमति मतगणना गर्न खोजेको बताईन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com