काठमाडौंको उपमेयरमा सुनिता डंगोलको झण्डै तेब्बर मतान्तर
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/05/sunita-dangol1650785915-1024x583.jpg)
जेठ ५,काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै तेब्बरको मतान्तर बनाएकी छन् । उनले एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा झण्डै तेब्बर मत पाएकी हुन् ।
आज राति १० बजे जानकारी गराइएको आधिकारिक विवरण अनुसार सुनिताले २३२९२ मत पाउँदा श्रेष्ठले मात्र ८२७३ मत पाएका छन् ।