Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

चुनाव चिह्न सामग्रीको उत्पादन तत्काल बन्द गर्न : आयोगको चेतावनी

७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले चुनाव चिह्न अंकित सामग्रीको उत्पादन तत्काल बन्द गर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
आज विज्ञप्ति निकालेर आयोगले आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण भइराखेको सूचना प्राप्त भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई मातहतका उद्योग र फर्मलाई चुनाव चिह्न अङ्कित सामग्रीको उत्पादन नगर्न नगराउनका लागि परिपत्र गर्न समेत आयोगले अनुरोध गरेको छ ।

निर्वाचन आचार संहिताले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट र पहिरनका साथसाथै स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।
निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई एक लाखसम्म जरिवाना हुने स्मरण गराएको छ ।
‘आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ’ विज्ञप्तिमा उल्लेख छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com