Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

कार्तिक,१५ काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । खेल नेपाली समय अनुसार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले सेमिफाइनलको यात्रा निश्चित गर्ने छ ।

दक्षिण अफ्रिका ६ मध्ये ५ जितसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जितसहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा दुई टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले दुई वटा खेल जितेको छ ।

दक्षिण अफ्रिकाले पछिल्लो ५ विश्वकपमा न्युजिल्याण्डसँग खेलेका सबै खेलमा हार बेहोरेको छ । यसैबीच हिजो भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com