Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नागरिकतामा प्रतिवद्धता पूरा गरेको छु: अध्यक्ष पुष्पकमल दाहाल

साउन,७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् ।

आज सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताएका छन् ।

‘तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ’ उनले भने, ‘‘हिजोबाट हमीले नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्‍यौं ।

उनले नागरिकताको समस्याबाट पीडित नागरिकलाई बधाई पनि दिए । ‘माओवादी केन्द्रले हिजो जे प्रतिवद्धता गरेको थियो, त्यसलाई पूरा गरको छ ।’

प्रतिनिधिसभाले शुक्रबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै जन्मका आधारमा नेपाली नागरिकता पाउने नेपालीको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुलेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com