Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पार्टीको पक्षपाति निर्णयको विरुद्य आगो वकल्दै प्रकाश

काठमाडौ असोज २४ सोमवार । आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा न्याँयोचित तरिकाले टिकट बितरण नगरेक आरोपलगाउदै नेकपा एमालेका युवा नेता प्रकास रोकायाले सामाजिक संजाल फेसबुक मार्फत नेतृत्व प्रति असन्तुस्टी पोख्दै लामो प्रेस विज्ञप्ति जारी गरेका छन् । उक्त विज्ञप्तिको पुर्ण पाठः

सानै उमेरमा राजनीतिक तथा सामाजिक आन्दोलनमा संलग्न भएर यहाँसम्म आइपुग्दा थुप्रै प्रकारका अनुभव र अनुभूति संहालिएको छ । राजनीति आफैमा सामाजिक कामको उत्कृष्ट रुप हो । राजनीति नैतिक धरातलमा उभिएर सिद्धान्त र विचारमा आधारित देश र जनताका लागि गरिने कर्म पनि हो ।

त्यही कुरालाई आत्मसाथ गरेर रगतको टिका लगाउदै आज भन्दा ३१ वर्ष अगाडि म राजनीतिक अन्दोलनमा जोडिएको थिए । त्यहाँदेखि अहिलेसम्म राजनीतिक तथा सामाजिक आन्दोलनमा बेथित गरिरहदा ३१ पैसाको समेत लोभलालज र प्रलोभनमा परिन । व्यक्ति र पारिवारिक स्वार्थ त धेरै टाढाको बिषय भइनै हाल्यो ।

यसरी तीन दशक लामो अवधीदेखि विनास्वार्थ देश र जनताको हितार्थ राजनीतिक तथा सामाजिक आन्दोलनमा निरन्तता दिनु आफैमा जटिल र कठिन भएपनि त्यसलाई समेत प्रवाह नगरी सिद्धान्तनिष्ट भएर स्वाभिमानीपूर्वक क्रियाशिल रहदै आएको छु । तर, यहाँ अमुख नेताहरुले संचालन गरेका गुटमा लाग्दै दासत्व स्वीकार्नु पर्ने, गुलामी, सलामी, दलाली, हुक्के, चम्चे बन्दै देश र जनतालाई ठग्न जसरी तसरी पद हत्याएर पदखोर बन्ने अमाक्र्सवादी चरित्र र आचरण मेरा लागि कहिल्यै स्वीकार्य भएन र भविष्यमा पनि हुने छैन ।

सत्य बोल्नु, सिद्धान्तनिष्ट भएर देश र जनताका कुरा गर्नु यदि अयोग्यता हो भने त्यो मेरा लागि स्वीकार्य छ । आफ्नो नम्बर बढाएर देश र जनताको नम्बर घटाउने त्यो घटिया चिन्तन बोकेर मलाई गद्दारको कित्तामा उभिएर मरेतुल्य हुनु पनि छैन । त्यही भएर मैले अन्याय, अत्याचार र विभेदका बिरुद्ध उभिदै आलोचनात्मक चेतका साथ खरो टिप्पणी गर्दै आएको छु । मलाई जतिसुकै घेराबन्दी गरेर अनेक पटक छेक्न र रोक्न खोजेपनि त्यसको डटेर मुकाबिला गर्दै आएको छु । अझै स्पातिलो भएर बेइमान र देश तथा जनघातीहरुका बिरुद्ध लाग्ने थप प्रेरणा, हौसला र साहस प्राप्त हुनेछ भन्नेमा पूर्ण विस्वस्त नै छु ।

संसदीय मोर्चा मार्फत देश र जनताको लागि थप योगदान गर्ने अभिप्रयायले मैले २०६४ सालदेखि चुनाव लड्नको लागि दावी प्रस्तुत गर्दै आएको छु । त्यसैको निरन्तता स्वरुप २०७०, २०७४ र २०७९ मा आफ्नो दावी प्रस्तुत गरेको कुरा यहाँहरुलाई सर्वविदितै छ । २०७४ मा कालीकोट जिल्लाको प्रदेश ख मा प्रदेश सभा सदस्यका लागि मेरो नाम सिफारिस भएपनि अन्तिममा आएर टिकटबाट बन्चित गरियो ।

यस पटक पनि पार्टी कार्यकर्ता, मतदाता र न्यायप्रेमी आम नागरिकको चाहना, इच्छा, आकाक्षा र प्रतिक्षालाई समेत लत्याउदै बेइमानहरुले षड्यन्त्रपूर्वक नियोजित रुपमा टिकटबाट बन्चित गराए । यो कार्यमा युरोप अमेरिकाको एजेण्टको रुपमा काम गर्दै आएका कम्युनिष्ट आन्दोलन बिरोधी तत्व, साविक कर्णालीमा एमालेलाई रक्षात्मक अवस्थासम्म ल्याई पुर्याउने असक्षम र अयोग्य नेतृत्व, राजनीतिलाई पेशा व्यवसाय बनाउदै नेताहरुको नाम भजाएर मुखमा माड लगाउने तत्व र तत्कालीन राजा ज्ञानेन्द्र शाहको मत्तियारको रुपमा प्रयोग भएकाहरु हात धोएरै नै लागेको कुरा यसै विज्ञप्ति मार्फत सबैमा अवगत गराउदछु । “नाई मलाई यहि केटी चाहिन्छ” भने झै टिकट दिलाएर लिने बिचरा बालहठ पात्रका बारेमा मेरो केही भन्नु छैन ।

संसदमा प्रतिनिधित्व गरेर देश, नागरिक र पार्टीको भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेर ऐतिहासि कार्यभार पुरा गर्ने दृढ अठोट र साहस भएकाले यसपटक पार्टीले न्यायोचित निर्णय गर्छ भन्ने विश्वास ममा जागृत भएकै हो । तर, पार्टी नेतृत्व पार्टी बनाउने भन्दा पनि पार्टी बिगार्नेको पक्षमा उभिएपछि मेरो केही सिप लागेन । एक सच्चा माक्र्सवादी हुनुको नाताले टिकटका लागि बिन्तीभाउ गर्दै शिर निहुँराएर लम्पसार पर्दै अनेक सर्त मानेर बिगत ३१ वर्ष देखि फहरादै आएको सत्यताको झण्डा यस पटक पनि मैले झुक्न दिइन ।

बरु तपाई सच्चा देशभक्त, राष्ट्रवादी, कम्युनिष्ट, वामपन्थी, लोकतन्त्रवादी दिदिबहिनी दाजुभाईहरुको भावनालाई प्रतिनिधित्व गर्दै सत्यताको झण्डालाई अझै उचाईमा पुर्याउने यसै विज्ञप्ति मार्फत पुनः संकल्प र प्रतिवद्धता व्यक्त गर्दछु । साथै राजनीतिको आवरणमा देश र जनतालाई थप बर्बाद बनाउने ध्यये र उद्देश्य सहित युरोप अमेरिका र यस्तै कथित शक्ति राष्ट्र र दातृ निकायको योजना र रणनीति अनुरुप संचालन एवं परिचालन भई उनीहरुकै हितार्थ प्रयोग हुँदै आएका मनुवाहरुलाई सवक सिकाउनका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो अमूल्य मत सदुपयोग गर्न देशबासी सबैमा हार्दिक अनुरोध गर्दछु ।

मेरो उम्मेदवारीको प्रतिक्षामा रहेका तपाई तमाम पार्टी नेता कार्यकर्ता, मतदाता, शुभचिन्तक, आफन्त, समर्थकलाई यस पटक निराश बनाउदैन भन्ने मैले पूर्ण विश्वास लिएकै हो । तर, बेइमानहरुले तपाईहरुको इच्छा, चाहना, आशा र प्रतिक्षामाथि कुठाराघात गर्ने काम गरे । कालीकोट जिल्लाको यतार्थ धरातललाई ख्यालै नगरी तिनै बेइमानहरुको भ्रममा पर्दै पार्टी नेतृत्वले पनि विवेकपूर्ण निर्णय गर्न सकेन । नेतृत्वको बिवेकहिन निर्णयले मलाई केही फरक नपारे पनि देश, जनता र पार्टीलाई पर्न गएको असर र कालीकोट जिल्लाको भविष्य थप केही वर्ष पछि धकलिएको कुराले पक्कै पनि सबैको मन दुःखेको हुनुपर्छ ।

अन्त्यमा राजनीति चुनावदेखि चुनाव सम्मका लागि हुँदै होइन । राजनीति समाजको ऐना समेत भएकाले उक्त कुरालाई आत्मसाथ गर्दै देश र जनतालाई बर्बाद बनाउने तत्वको समुलनष्ट गर्नु अपरिहार्य छ । त्यसका लागि जीवनको अन्तिम समयसम्म सत्यताको झण्डा फहराउन पार्टी नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक, मतदाता र न्यायप्रेमी दिदिबहिनी दाजुभाईहरुमा हार्दिक अनुरोध गर्दछु । हार्दिक क्रान्तीकारी अभिवादन सहित प्रकाश रोकाया सदस्य नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com