Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

रास्वपाले र एमाले मागे यातायातमन्त्रीको राजीनामा

फागुन,६ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै गत १३ पुसमा ललितपुरको बालकुमारी घटनामा यातायातमन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष आएपछि एमाले सांसद सचेतक महेश बर्तौलाले उनको राजीनामा मागेका छन्। बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवाको मृत्युभएको थियो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका छन्। बैठक सुरु भएलगत्तै एमाले र रास्वपाका सांसदले उठेर संसदमा विरोध जनाएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com