Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । “केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ”, शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने,“पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ ।”

किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उनले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताए । “पाठ्यपुस्तक छैनन् । कक्षा कोठामा त्यतिकै बस्नु भएन”, उनले भने, “कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउने गरेका छौँ ।” कक्षा ४, ७ र ९ को कोर्सनै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उनले बताए ।​

शुक्लाफाँटाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । सुगमको क्षेत्र भए पनि पाठ्यपुस्तक नपुग्नु बिडम्बनानै भएको पूर्व शिक्षक शेरबहादुर भण्डारीले बताए । “पाठ्यपुस्तक समयमै नपुगे विद्यार्थीले कसरी पढन सक्छन् । विद्यालयमा पढाएको कुरालाई घरमा दोहो¥याउनका लागि पाठ्यपुस्तकनै चाहिन्छ”, उनले भने, “पाठ्यपुस्तकको व्यवस्थाका लागि स्थानीय तहले पनि दायित्व वहन गर्नुपर्छ । त्यसो गरेको देखिँदैन ।”

पुनर्वास नगरपालिका– ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीका शिक्षक विजय उपाध्यायले विद्यालयमा पढ्ने ६० प्रतिशत जति विद्यार्थीले मात्रै नयाँ पाठ्यपुस्तक पाएको बताए । “विद्यार्थीको सङ्ख्या अनुसारको पाठ्यपुस्तक माग गरेकै छौंँ”, उनले भने, “जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीले पाठपुस्तकनै पु¥याउन सकिरहेको छैन । पाठ्यपुस्तक पाएका विद्यार्थीले समेत पूरै सेट पुस्तक पाएका छैनन् । एक दुई पुस्तकको अभावनै रहेको छ ।”

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङ्ख्या भने थोरै छ । कक्षा कोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहो¥याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ । “शिक्षकले विद्यालयमा मौखिक रुपमा पढाएका विषय घर आउँदासम्म बिर्सीसकेका हुन्छौँ”, कक्षा ९ मा पढदै आएका विद्यार्थी अजय चौधरीले भने, “पाठ्यपुस्तक भए पढन सजिलो हुन्थ्यो पाउन सकेका छैनौँं । कहिले पाइने हो पत्तो छैन ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख ध्रुव पन्तले भने सुदूरपश्चिमका नौ वटै जिल्लाका ७० देखि ८० प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको दाबी गरे । “कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन” उनले भने, “अर्को हप्ताभित्रै अपुग भएका किताबसमेत आइपुग्छन् । पाठ्यपुस्तकनै नपुगेका विद्यालयमासमेत छिटो भन्दा छिटो कसरी पाठ्यपुस्तक पुगाउन सकिन्छ । त्यसका लागि काम अगाडि बढाएका छौंँ ।”

अपुग भएका २० हजार पुस्तक माग गरेको उनले बताए । “काठमाडौंबाट पुस्तक ल्याउनुपर्ने हुन्छ”, उनले भने, “बाढी पहिरोका कारण सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा पाठ्यपुस्तक पुग्न ढिलाइ हुन गएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक चलिसकेकाले चाँडै अपुग पाठ्यपुस्तक विद्यालयमा पुग्छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com