Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जसपाको बैठक जारी

बैशाख,२७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।
पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा जेठ १ गतेदेखि सुरू हुने विधान अधिवेशन, पार्टी संसदीय दलको नेता, प्रमुख, सचेतक चयनमा केन्द्रित रहेको जसपा अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले बताए ।

जारी बैठकमा सघीय सरकारमा मन्त्री पठाउनेबारे पनि छलफल हुने उनले बताए। त्यस्तै, बैठकमा मधेस सरकारको कामको समीक्षालगायत अरू समसामयिक विषयमा पनि छलफल हुनेछ। जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। मौजुदा मन्त्रिपरिषद्मा जसपाले एकजना मन्त्री पठाउन बाँकी छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com