Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

चिलीमा डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गयो

काठमाण्डौ – चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ । केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान गएको चिलीका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डढेलो ४० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । डढेलको कारण ठूलो क्षेत्रको वन नष्ट हुनुको साथै कैयौँ वन्यजन्तु तथा पक्षी मरेका बीबीसीको खबरमा उल्लेख छ । बढ्दो तापक्रम र तीव्र गतिको बतासका कारण डढेलो नियन्त्रणमा समस्या भैरहेको चिलीका अधिकारीहरुले बताएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com